बृद्ध भत्ताका कारण बाबू आमालाई छोरा छोरीले माया गर्न थालेको सामाजिक बिकास मन्त्री यादवको दाबी — OSNepal

बृद्ध भत्ताका कारण बाबू आमालाई छोरा छोरीले माया गर्न थालेको सामाजिक बिकास मन्त्री यादवको दाबी

LC (KTM) December 26, 2021 0

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण जेष्ठ नागरिकलाई आफ्नै छोरा छोरीले हेर्ने दृष्टिकोणमा फरक आएको बताएका छन् । पहिला छोरा छोरीले सम्मानका साथ हेर्ने नगरेको तर भत्ता दिन थाले पछि सम्मान गर्ने गरेको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको उनको भनाई थियो । मन्त्री यादवले भने,‘ छोरा–छोरीले सम्मान गर्र्ने गरेको पाईएको छ ।’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा जोड दिए । मन्त्री यादवले अन्यको तुलनामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न आवस्यक रहेको बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा सामाजिक विकास मन्त्री यादवले नेपाली नागरिकको पहिचानका नाममा धेरै प्रमाण–पत्रले झन्झटिलो बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर