बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष — OSNepal

बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष

LC (KTM) January 14, 2022 0

लन्डन, ३० पुस । संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ गरेको भन्दै एमआईफाइले उनको तस्विर सार्वजनिक गरेको छ ।

हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तिय सहयोग प्रदान गरेको एमआर्ईफाइभले जनाएको छ । लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसदका सवै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ ।

लन्डनस्थित चिनियाँ दूतावासले ती आरोप अस्वीकार गरेको छ । ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन् । हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं,’ दूतावासले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर