बैतडी कांग्रेसमा कडा प्रतिस्प्रर्धा,सभापतिका लागि दुई जना चुनावी मैदानमा — OSNepal

बैतडी कांग्रेसमा कडा प्रतिस्प्रर्धा,सभापतिका लागि दुई जना चुनावी मैदानमा

LC (KTM) November 22, 2021 0

वैतडी, ६ मङ्सिर -नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । मङ्गलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन् । जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ । यसअघि शनिबार सम्पन्न दुइवटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको थियो । प्रदेशसभा क्षेत्र (क)मा विष्णुप्रसाद भट्ट र प्रदेशसभा क्षेत्र (ख)मा शिवराज भट्ट विजयी भएका छन् । प्रदेश क्षेत्रमा सोचेअनुसारको नतिजा नआए पनि आफ्नो टिम जिल्लाका लागि कमजोर नभएको भट्ट समूहका सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीको दाबी छ । उहाँले भन्नुभयो, “नेतृत्व हाम्रो टिमले पाउनेमा ढुक्क छौँ ।”

यता चन्द समूह भने प्रदेशसभाको नतिजा हेर्दा आफू जित्नेमा ढुक्क रहेको छ । प्रदेशसभाको नतिजाले पनि अगाडि रहेकाले जिल्लाको नेतृत्व आफ्नो टिमले चन्द समूहबाट उपसभापतिका उम्मेदवार रमेश पाण्डेयले बताउनुभयो । चतुरबहादुरको प्यानलबाट उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवका लागि दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेदवारी रहेको छ ।

शिवराज प्यानलमा वीरबहादुर विष्ट र हरिसिंह धामी उपसभापति, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा, सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला अधिवेशन मङ्सिर ७ गते तोकिएको छ जसमा एक हजार ४०० क्षेत्रीय प्रतिनिधिले मत खसाल्नेछन् ।

चौध जना निर्विरोध -नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको लमजुङ्को जिल्ला अधिवेशनबाट १४ जना निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस लमजुङ जिल्ला कार्यसमितिको विभिन्न पदमा १४ जना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताउनुभयो । निर्विरोध भएकाबाहेक अन्य पदका लागि आज दिउँसो ३ बजेदेखि मतदात सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर