बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कटर दिँदा २४ वर्षिय युवकको मृत्यु — OSNepal

बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कटर दिँदा २४ वर्षिय युवकको मृत्यु

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । गए राति जीपको ठक्करबाट मोटरसाइकल चालक एक युवकको ज्यान गएको छ ।

गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना ३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा ति मोटरसाइकल चालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा मकवानपुर जिल्ला कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजाल रहेका छन् । उक्त दुर्घटनामा परि गम्भिर घाइते भएका रिजालको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

अहिले उनको शव सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको जिल्ला प्रहरील कार्यालय हेटौंडाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर