ब्राजिलमा भारी वर्षा जारी, २० जनाको ज्यान गयो,३५८ जना घाइते — OSNepal

ब्राजिलमा भारी वर्षा जारी, २० जनाको ज्यान गयो,३५८ जना घाइते

LC (KTM) December 28, 2021 0

ब्रासिलिया१३ पुस – ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ ।ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।

यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भए जनाएको छ ।
वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर