ब्लाउज कै कारण ट्रोल बनिन् आलिया भट्ट, फ्यानले भने 'हतार हतारमा ब्लाउज उल्टो लगाउनु भयो दिदि' — OSNepal

ब्लाउज कै कारण ट्रोल बनिन् आलिया भट्ट, फ्यानले भने ‘हतार हतारमा ब्लाउज उल्टो लगाउनु भयो दिदि’

LC (KTM) November 22, 2021 0

बलिउड अभिनेत्री आलिया भट्टको परम्परागत लुक्समा उनका फ्यानहरुले एकदमै रुचाउने गरेका छन् । यस पट आलियाले फेशन फ्लन्ट गर्दै केही यस्तो ब्लाउज लगाएकी थिईन् जसका कारण उनको तारिफ नभएर ट्रोल भएको छ । साथी अनुष्का रन्जन कपुर तथा आदित्य सीलको संगीत सेरमोनीमा पुगेकी आलीया भट्टले फङसनको लागि लाइम ग्रीन एण्ड पिंक लेहेंगा लगाएकी छिन् ।

यस लेहेंगाको साथमा उनले क्रस नेक्ड ब्लाउज विद ओपन ब्याक लगाएकी थिईन् । उनको यो ब्लाउजको डिजाइनलाई फ्यानहरुले मन पराएका छैनन् । सामाजिक सञ्जाल भाइरल अनुष्का–आदित्यको संगीत सेरमोनीको एक भिडियोमा प्रयोगकर्ताले आलियाको ब्लाउजलाई लिएर जमेर प्रतिक्रिया दिएका छन् । युजरले लेखेका छन्– हतार हतारमा ब्लाउज उल्टो लगाएकी छिन् । अर्काे युजरले लेखेका छन्– यो कस्तो खालको ब्लाउज आलियाले लगाईन् । फेशनको नाममा सबै जायज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर