भक्तपुरबाट चार जना भारतीय नागरिक यस्तो अबस्थामा समातिए — OSNepal

भक्तपुरबाट चार जना भारतीय नागरिक यस्तो अबस्थामा समातिए

LC (KTM) November 22, 2021 0

भक्तपुरको एक उद्योगबाट कात्तिक ३० गते ढलौटका विभिन्न सामानहरु चोरी गरी फरार भएका गिरोहका चार भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पाँच दिनपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा भारत मोतिहारी घरभई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद घरभई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने १८ वर्षीय बैंकटेस गिरी र सोही ठाउँका १८ वर्षीय राजु गिरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । प्रहरीले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मुन्ना साहको कवाडी पसलमा बिक्री गरेको चोरीका सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योगबाट उनीहरुले ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उहाँले जानकारी दिनुभयो । उनीहरुका साथबाट प्रहरीले २९ किलो ५०० ग्रामको ढलौटको करुवाको बैठक, ७४ किलो ढलौटको करुवाको मुख, ४७ किलो पानसको छड र ४८ किलो कच्चा पदार्थ बरामद गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ पछि भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर