भक्तपुर नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु — OSNepal

भक्तपुर नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु

LC (KTM) November 16, 2021 0

भक्तपुर, ३० कात्तिक-भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गर्नुभएको हो ।

प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो । नगर प्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताउनुभयो । उहाँले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको बताउनुभयो । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई बिक्रीवितरण गर्न तयारी गरेको बताउनुभयो । नगरपालिकाले १ र १० वडाका किसानलाई आज बीउवितरण गरेको छ । नगरभित्रका सबै वडाका किसानलाई पाँच किलो गहुँ र पाँच किलो आलुको बीउवितरण गर्ने अभियान सञ्चालन गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर