भट्टराईको प्रश्न : प्रधानमन्त्री र प्रधानन्यायाधीश भन्दा सभामुख कसरी तल हुन्छ ? — OSNepal

भट्टराईको प्रश्न : प्रधानमन्त्री र प्रधानन्यायाधीश भन्दा सभामुख कसरी तल हुन्छ ?

LC (KTM) June 10, 2021 0

काठमाडौं २६ जेठ । जनता समाजवादी पर्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्र ‘जनताद्वारा जनताकोनिम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने बताएका छन् ।

समाजिक सञ्जाल मार्फत भट्टराईले राज्यका सबै अंगभन्दा माथि रहेको व्यवस्थापिकाबाट गठित
कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री र प्रधानन्यायाधीश भन्दा सभामुख कसरी तल हुन्छ भन्दै पनि नेता भट्टराईले प्रश्न गरेका छन् ।

उनले भनेका छन् ,
“लोकतन्त्र ‘जनताद्वारा जनताकोनिम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन ?उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ ?उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ ?प्रम र प्रन्या भन्दा स्पिकर कसरी तल ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर