भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकले झोलामा ल्याएको यस्तो सामानले परे प्रहरीको घेरामा — OSNepal

भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवकले झोलामा ल्याएको यस्तो सामानले परे प्रहरीको घेरामा

LC (KTM) November 21, 2021 0

पर्सा ५ मंसिर । नियन्त्रित लागुऔषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धोविनी गाउँपालिका-२ आसवारी बस्ने २६ वर्षीय दिवाकर कुमार साह रहेका छन् ।

उनलाई भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४५ प ११६४ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा उक्त लागु औषध सहित पक्राउ गरिएको हो ।

उनको साथबाट सिमा प्रहरी चौकी भिष्वा बन्जारीबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ४ सय ५० एम्पुल नुफिन, ४ सय ५० एम्पुल डाइजेपाम र ४ सय ५० एम्पुल प्रोमिफाइजाम हाईड्रोकोलोराइड बरामत गरेको छ ।

 निजले झोलामा   लुकाई    ल्याउँदै गरेको    अवस्थामा   प्रहरीले  एक्त  लागु औषध सहित  पक्राउ गरेको  हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर