मोरङ २९ कात्तिक । बाइस वर्षीय मनिष श्रेष्ठ नियन्त्रित लागुऔषध सहित पक्राउ परेका छन् ।
सोमबार बिहान भारतबाट नेपालतर्फ आउँदै गरेका मनिषलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध २ सय ८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाईजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल बरामत गरेको छ ।
बिराटनगर महानगरपालिका-१६ दरैयाबाट उनलाई पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।