भारतमा एकै दिन दुई लाख ६८ हजार नयाँ सङ्क्रमित थपिए, ४०२ जनाको मृत्यु — OSNepal

भारतमा एकै दिन दुई लाख ६८ हजार नयाँ सङ्क्रमित थपिए, ४०२ जनाको मृत्यु

LC (KTM) January 15, 2022 0

नयाँदिल्ली, १ माघ- भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ सङ्क्रमित थपिएका हुन । यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल सङ्क्रमितमध्ये छ हजार ४१ जना कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको छ । तीमध्ये ४०२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर