भारतमा एकै दिन १० हजार नयाँ सङ्क्रमित थपिए, २६७ जनाको मृत्यु — OSNepal

भारतमा एकै दिन १० हजार नयाँ सङ्क्रमित थपिए, २६७ जनाको मृत्यु

LC (KTM) November 20, 2021 0

नयाँदिल्ली, ४ मङ्सिर -भारतका कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ सङ््क्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २४ हजार ८६८ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३६ प्रतिशत मात्रै हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ७८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हँुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख नौ हजार ७०८ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८.२९ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर