भारतमा कोभिड संक्रमण दर निरन्तर घट्दो, कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय — OSNepal

भारतमा कोभिड संक्रमण दर निरन्तर घट्दो, कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय

LC (KTM) November 17, 2021 0

नयाँ दिल्ली, १ मंसिर-भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ । कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र संक्रीय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ । त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ ।

अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यो दर सन् २०२० पछिकै उच्च हो । । भारतमा अझै पनि १ लाख ३६ हजार संक्रमित छन् । अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । भारतमा कोभिडबाट अहिलेसम्म ४ लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

खोप अभियान तीब्र पारिएसँगै कोभिडबाट संक्रमित हुनेहरूको संख्या पनि निरन्तर घटिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर