भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा ३ आतङ्ककारीको मृत्यु — OSNepal

भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा ३ आतङ्ककारीको मृत्यु

LC (KTM) December 26, 2021 0

श्रीनगर, भारत नियन्त्रित काश्मिर, ११ पुस,-भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको बताएको छ।

प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए।झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ (रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर