भारत संगको मैत्रीपुर्ण खेल पछि नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रशिक्षणमा जाँदै — OSNepal

भारत संगको मैत्रीपुर्ण खेल पछि नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रशिक्षणमा जाँदै

LC (KTM) September 09, 2021 0

साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला लागि परेको छ । भारत संगको २ वटा मैत्रीपुर्ण खेल खेलेर अब टोली कतारको दोहा जाने भएको छ । दोहा जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ समेत गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आजै नेपाली टोलीलाई बिदाइ गरेको हो । फुटबलको थप प्रशिक्षणका लागि नेपाली टिम भोलि दोहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा २५ खेलाडीले कतारमा प्रशिक्षण गर्ने एन्फाले जनाएको छ ।

प्रशिक्षणमा ब्यस्त रहने नेपाली टिम कतारबाटै माल्दिभ्स तर्फ जाने बताइएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर