भारी हिमपात र बर्षापछि आपतकालीन अवस्थाको घोषणा — OSNepal

भारी हिमपात र बर्षापछि आपतकालीन अवस्थाको घोषणा

LC (KTM) January 06, 2022 0

भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएको खामा प्रेसले जनाएको छ ।

हिउँ र वर्षाको समयमा नागरिकहरूलाई सहयोग गर्न प्रान्तहरूमा सामग्रीहरू पठाइएको र तिनीहरूको वितरण भइरहेको मन्त्रालयका मुहम्मद अमिन मुबारिजले बताए । ३४ प्रान्तमध्ये अफगानिस्तानका ३२ प्रान्तमा निरन्तरको हिउँ र पानीको वर्षा हुँदा ठाउँठाउँमा बाटोहरू अवरूद्ध बनेका बताइएको छ । अविरल वर्षाका कारण केही स्थानमा बाढी पहिरो गएको हो ।

यसैबीच भीषण हिमपातका कारण बन्द भएका सेवाहरूलाई पुनः सञ्चालनमा ल्याउन जनश्रम मन्त्रालय र अन्य केही निजी कम्पनीहरू पनि विपद् व्यवस्थापन अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि मुबारिजले बताउनुभयो । काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने सलाङ राजमार्ग भारी हिमपात र हावाका कारण पूर्णरूपमा अवरूद्ध बनेको खामा प्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर