भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार — OSNepal

भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार

LC (KTM) June 20, 2021 0

मार्तडी, ६ असार- प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ । गाउँ नजीकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुु¥याएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर