भीम रावलको पर्चा बाड्दै हिँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकहरुले मूल गेटबाटै बाहिर निकाले — OSNepal

भीम रावलको पर्चा बाड्दै हिँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकहरुले मूल गेटबाटै बाहिर निकाले

LC (KTM) November 28, 2021 0

काठमाडौं १२ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्षको उम्मेदवारी दिएका नेता डा भीम रावलको पर्चा बाड्दै हिँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकहरुले मूल गेटबाटै बाहिर पठाइदिएका छन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन अध्यक्षमा उम्मेदवारी दिएका रावलको अध्यक्षमा पदमा मेरो उम्मेदवारी किन लेखिएको पर्चा बाड्नेलाई बाहिर निकालिएको हो ।

पर्चा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह राख्ने भन्दै हलभित्र प्रवेश गराएका छन् ।

सर्वसम्मत नेतृत्वमा ओलीलाई नै चयन गर्ने भनिए पनि रावलको उम्मेदवारी दर्ता भएपछि एमालेमा एक किसिमको तरंग नै पैदा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर