भुटनीदेवीको हत्या अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुरबाट ल्याइयो — OSNepal

भुटनीदेवीको हत्या अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुरबाट ल्याइयो

LC (KTM) December 27, 2021 0

खेतमा खरानी फाल्न गएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीवीरपुरकी ५२ वर्षीया भुटनीदेवी यादवको सोमबार भएको हत्या अनुसन्धानका लागि घटनास्थलमा ल्याइएको तालिमप्राप्त कुकुरबाट अनुसन्धान थाल्दै नेपाल प्रहरी ।

पशुपतिनाथमा धनुर्मास पूजा गरिँदै-सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुसमा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि आज बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । सोमबार रातभर धनुर्मास पूजा गरेपछि मङ्गलबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ । यसै विश्वासमा मङ्गलबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर