भुपेन्द्रलाई आफ्नै मामा पर्नेले यसरी लखेटी लखेटी खुकुरी हानी मारेको रहस्य बाहिरियो — OSNepal

भुपेन्द्रलाई आफ्नै मामा पर्नेले यसरी लखेटी लखेटी खुकुरी हानी मारेको रहस्य बाहिरियो

LC (KTM) November 16, 2021 0

कात्तिक २४ गते कैलालीको लम्कीचुका–१ का २२ बर्षे भुपेन्द्र बडुवालको हत्या भयो । उनको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताएका हुन् ।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नवीन रावलको समूहले ‘ट्रयापमा पारेर हत्या गरेको मृतकका बुबाले बताएका छन् । रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको हत्या गरेको उनका बुवा डम्बर बडुवालले बताएका हुन् । काठमाडौंबाट भर्खरै मात्र घर गएका भुपेन्द्रलाई उनकै साथीले बोलाएको भुपेन्द्रको फोनको ‘कल डिटेल्स’ प्रहरीले भेटेको छ ।

साथीलाई अफ्ट्यारो परेको छ भन्दै ४० पटकसम्म भुपेन्द्रलाई फोन गरेको प्रहरीले भेटेको मृतकका पिताले जानकारी दिएका छन् । भुपेन्द्रको बिषयमा पुन्य गौतमले पनि आफ्नो आवाज उठाएका छन हेरौ उनले के के भने भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर