भूगोल र जनता मात्रै देश हुँदैन : ऊर्जा मन्त्री भुसाल — OSNepal

भूगोल र जनता मात्रै देश हुँदैन : ऊर्जा मन्त्री भुसाल

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले भूगोल र जनता मात्रै देश नहुने बताएकी छन् ।

सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनः निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बताउने भन्दै यस्तो बताएकी हुन् ।

सांस्कृतिक सम्पदाहरूको पुनः निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताएकी मन्त्री भुसालले ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण भएको बताएकी छन् ।

‘भूगोल र जनता मात्रै देश हुँदैन, आफ्नो पहिचान भएको हुन्छ, पहिचान भनेको संस्कृति हो’ भुसालले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर