भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला, ३ जना बेहोस अवस्थामा भेटिए — OSNepal

भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला, ३ जना बेहोस अवस्थामा भेटिए

LC (KTM) December 30, 2021 0

बाँके । नेपालगन्जको भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन भने ३ जना बेहोस अवस्थामा भेटिएका छन । क्वाटरमा सुतेका ७ जना मध्य ४ जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका हुन ।

बेहोस अवस्थामा भेटिएका ३ जनाको भेरी अस्पतालको ईमेर्जेन्सी कक्षमा राखेर उपचार भइरहेको छ ।भेरी अस्पतालमा रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, धनप्रसादका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु ५५ बर्षीया कोपिला भट्टराई र बहिनी २२ बर्षीया कोली भट्टराई मृत अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाको बिस्तृत अनुसन्धान पछि मात्र मृत्युको कारण खुल्ने भएकोले प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो ।

उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “हामी घटनास्थलमा छौँ, अनुसन्धान प्रक्रियामा छ ।”क्वाटरमा रहेको एउटै कोठामा सुतेका उनीहरुको निसासिएर मृत्यु भएको हो कि भन्ने आँकलन गरिएको छ । विहान ६ बजेतिर उनिहरु मृत अवस्थामा भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर