भोलि सार्वजनिक यातायात चल्न पाउनुपर्छ, कुनै प्रकारको अवरोध हुँदैन : एमाले — OSNepal

भोलि सार्वजनिक यातायात चल्न पाउनुपर्छ, कुनै प्रकारको अवरोध हुँदैन : एमाले

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेको महाधिवेशनमा सार्वजनिक सवारी साधान बन्द गर्ने विषयमा स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल एमालेले जानकारी दिएको छ ।

भोलीबाट सुरु हुने महाधिवेशनको पुर्व सन्ध्यामा नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएका छन् ।

भोली सवारी साधन चल्नुपर्ने बताएका भट्टराईले कुनै प्रकारको अवरोध नहुने बताएका छन् । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।

भट्टराईले सम्मेलन मार्फत सम्पुर्ण तयारी भएसकेको बताएका छन् । महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने जानकारी दिएका उनले १०३ जना पर्यवेक्षक रहने समेत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर