भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले लगायो प्रहरीको गाडीमा आगजनी — OSNepal

भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले लगायो प्रहरीको गाडीमा आगजनी

LC (KTM) December 27, 2021 0

सर्लाही- सर्लाही ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा१झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर