मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्ः मुख्यमन्त्री राउत — OSNepal

मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्ः मुख्यमन्त्री राउत

LC (KTM) January 15, 2022 0

जनकपुर, १ माघ -प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले विविधता परिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थप्दै बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा मुख्यमन्त्री राउतले भन्नुभएको छ, “जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्साेल्लासपूर्वक मनाउने हुँदा यस्ता पर्व र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर