मकवानपुरमा सञ्चालनमा रहेका आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा — OSNepal

मकवानपुरमा सञ्चालनमा रहेका आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

LC (KTM) May 30, 2021 0

हेटौँडा- प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड–१९ बिरामी उपचारका लागि स्थापित सबै आइसोलेशन सेन्टरलाई आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर कुखुरा व्यवसायी सङ्घले उपलब्ध गराउन थालेको छ ।

सङ्घले मकवानपुरका सबै आइसोलेशन सेन्टरका सङ्क्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन थालेको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोकुलनाथ पौडेलले बताउनुभयो । पहिलो चरणको कोरोना सङ्क्रमणको बेलामा पनि सबै आइसोलेशनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा दुई दिन मासु उपलब्ध गराएको सङ्घले दोस्रो चरणको सङ्क्रमणमा पनि सो कार्यलाई निरन्तरता दिएको हो । सङ्क्रमितलाई पोषणतत्व परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुई अण्डा र हरेक हप्ताको शनिबार र बुधबार मासु उपलब्ध गराउने छ । मासु र अण्डा एकैचोटी ल्याउँदा बिग्रने भएकाले आवश्यकतानुसार उपलब्ध गराउने सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर