तेह्रथुम ७ मंसिर । एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेदाप गाउँपालिका(२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् ।
भण्डारीले ३० वर्षीया महिलालाई बारीमा गएको समयमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई सोमबारब साँझ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले अनुशन्धान अगाडी बढाएको छ ।