मगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको सहयोग — OSNepal

मगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको सहयोग

LC (KTM) November 17, 2021 0

मुगु, १ मंसिर-नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत सहयोग गरेको छ ।

साेमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन ।

खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर