कास्की १ मंसिर । पोखरमा प्रहरीले ८ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीको मझेरी खाजा घरमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही महानगरपालिका- ५ बस्ने धादिङ घर भएका ५० वर्षीय मोहन थापा मगर सहति आठ जना रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ ।
यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।