मदनकृष्ण श्रेष्ठ र सरोज खनालको ‘जीवनको पाना’ सार्वजनिक — OSNepal

मदनकृष्ण श्रेष्ठ र सरोज खनालको ‘जीवनको पाना’ सार्वजनिक

LC (KTM) September 12, 2021 0

काठमाडौं । म्युजिकल ड्रामा ‘जीवनको पाना’ रिलिज गरिएको छ ।अभिनेता सरोज खनालको परिकल्पना र राज केसीको निर्देशनमा तयार म्युजिकल ड्रामा ‘जीवनको पाना’ मा मदनकृष्ण श्रेष्ठको आवाज रहेको छ ।

गीतको रचना बमबहादुर श्रेष्ठले गरेका हुन् भने संगीत सन्तोष श्रेष्ठले दिएका छन् । मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारीलगायतको अभिनय रहेको यस म्युजिकल ड्रामा (म्युजिक भिडियो)मा रमण घिमिरेको कविता र सरोज अभिनित विभिन्न फिल्मका दृश्यांश समावेश छन् ।म्युजिकल ड्रामालाई केन्द्र मोसन पिक्चर्स र राजेन्द्र वाग्लेले प्रस्तुत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर