मध्य रातमा भिषण आगलागी : २० घर खरानी, करोडौको क्षती — OSNepal

मध्य रातमा भिषण आगलागी : २० घर खरानी, करोडौको क्षती

LC (KTM) November 16, 2021 0

मुगु – गय राती मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुदा २० घर जलेर खरानी भएका छन भने करोडौमा धनमाल क्षती भएको छ ।राती १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट शुरु भएको आगलागीले फैलिदै जादा २० घर खरानी हुनुका साथै करोडौको धनमाल क्षती भएको हो ।

आगलागीबाट ठिल्ले लामा,रतन बहादुर शाही,जान बहादुर हितान,दान बहादुर हितान,जनक बहादुर मल्ल,झोम्वा लामा,एन्गल लामा,डम्बर मल्ल,र्तोचे लामा,गुरु लामा,टासी लामा,पृथ्वीजङ्ग शाह, छत्र बहादुर मल्ल,सकुन्तला शाही,विशाल मल्ल,लक्ष्मी शाही,पुतली शाही,कुशलाल सावत, गोमा मल्ल,छिरिङ्ग लामाका घर जलेर खरानी भएको,अग्नी नियन्त्रणका लागी सुर्य बहादुर मल्लको घर सुरक्षाकमीले आम्सिक भत्काएको र मानविय क्षती भने कोही नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीबाट खरानी भएका घरहरुमा रहेका अन्दाजी २० जना र ति घरहरुमा भाडामा बस्नेहरुको करोडौको धनमाल खरानी भएको पनि प्रहरी जनाएको छ । प्रहरी मुचुल्काका लागी घरधनी,पसलधनीहरुसंग सोधपुछ चलीरहेकाले एकिन क्षतीको विवरण अहिले भन्न नसकिने र अन्दाजी बजारमा चलन चल्तीको विक्री दर अनुमान गर्दा करोडौ बढीको क्षती भएको र पसलहरुको सामानहरु समेत जोडदा १०० करोड आसपास सम्मकोे क्षती भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्र भटराईले बताउनु भयो ।१२ बजेबाट शुरु भएको आगलागी नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी,नगरप्रहरी र स्थानियहरुको सक्रियतामा करिव ५ घण्टा पनि नियन्त्रणमा आएको थियो ।

पुराना माटो,ढुन्गा र काठले बनेका घरहरु भएकाले आगोले उग्र रुप लिएको थियो । रातीको समय भएकाले कसैले आफना समानहरु उठाउन समेत पाएनन । गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितीले राती नै टयाङ्गकी खाली गरि पानी छोडेपनि आगलागी नियन्त्रण लिन कठिन भएको थियो । यसै विच मंगलबार विहान १० बजे जिल्ला विपत व्यवस्थापन समितीका संयोजक पुर्ण बहादुर रोकायाको अध्यक्षतामा बसेको वैठकले प्रदेश र संघ सरकारलाई खरानी भएका घर पुर्न निमार्णका लागी,स्थानिय सरकार,उद्योग बाणिज्य संघ र संघ सस्थालाई राहातका लागी र सुरक्षा निकायलाई एकिन क्षतीको विवरण लिन सहयोग गर्न आग्रह गर्ने निर्णयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर