मन्त्रालयको टुंगो लगाउन बसेको सत्तारूढ गठबन्धन दलको बैठक सम्पन्न अब अर्को बैठकमा सभापति र अध्यक्षहरु मात्र — OSNepal

मन्त्रालयको टुंगो लगाउन बसेको सत्तारूढ गठबन्धन दलको बैठक सम्पन्न अब अर्को बैठकमा सभापति र अध्यक्षहरु मात्र

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । सरकारलाई विस्तार गर्ने क्रममा जारी सत्तारूढ गठबन्धन दलको बैठक सकिएको छ ।

सत्ता गठवन्धनमा आवद्ध चार दलको बैठक आज मंगलबार बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको हो ।

अब अर्को बैठक पनि बस्ने भएको छ । अबको बैठकमा भने चारलका अध्यक्ष तथा सभापति मात्र सहभागी हुने जनाइएको छ ।

आज मन्त्रालयको टुंगो लगाउन लागि परेको गठवन्धन सरकारले दुई महिना पुग्नै लाग्दा समेत सरकारलाई पुर्ण दिन सकेको छैन ।

अब बस्ने बैठकमा समय तालिका भने सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर