मन्दिर प्राङ्गणको कुनामा लगेर तिन वर्षीया बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ — OSNepal

मन्दिर प्राङ्गणको कुनामा लगेर तिन वर्षीया बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

LC (KTM) November 19, 2021 0

धनुषा ३ मंसिर । तिन वर्षीया नाबालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–६ घर ७५ वर्षीय साधु शिवजी राम रहेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित मन्दिरमा ति बालिकालाई जवरजस्ती बलात्कार गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले साधुलाई पक्राउ गरेको हो ।

केहि दिन देखि उक्त मन्दिरमा बस्दै आएका नि वृद्धले बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर जबर्जस्ती बलात्कार गरेको पिडित परिवारले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साधुलाई पक्राउ गरी जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर