मलेसियाविरुद्ध जितको खोजीमा नेपाल — OSNepal

मलेसियाविरुद्ध जितको खोजीमा नेपाल

LC (KTM) November 26, 2021 0

काठमाडौं, १० मंसिर -नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज शुक्रबार मलेसियाविरुद्ध खेल्दैछ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजी सहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ ।

३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ । नेपाल पहिलोे खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्‍याे ।

आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितको आयोजक यूएई ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा यूएईको सामना गर्नेछ ।

नेपालले सन् सन् २०१९ मा भएको दुबै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो ।आज नै हुने खेलमा हङकङले भुटानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर