महँगो बजेटमा निमार्ण हुन लागेको चलचित्र ‘एक्स ९’ मा काम गर्न पाउँदा निकै उत्साहित छन् बलिउड अभिनेता सुनिल सेट्टी — OSNepal

महँगो बजेटमा निमार्ण हुन लागेको चलचित्र ‘एक्स ९’ मा काम गर्न पाउँदा निकै उत्साहित छन् बलिउड अभिनेता सुनिल सेट्टी

LC (KTM) October 27, 2021 0

काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली चलचित्र ‘एक्स ९’ मा काम गर्ने पक्का भएको छ । मुकुन्द भट्टले चलचित्रका लागि सुनिलसँग सम्झौता भइसकेको जानकारी दिए । सुनिलसँग कुराकानीका लागि केही हप्ता अगाडि निर्देशक भट्ट भारत गएका थिए । यस चलचित्रका लागि सुनिलले १२ दिनको समय दिने मुकुन्दको भनाई छ । उनले सुनिलसँग सम्झौता भएको र उनले १२ दिनको समय दिने बताए । उनका अनुसार चलचित्रको ६ दिन नेपालमा छायांकन हुनेछ भने ६ दिन स्कटल्यान्डमा छायांकन हुनेछ ।
निर्देशक भट्टले सुनिल नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै उत्साहित भएको बताए । उनले भने, ‘यो चलचित्रलाई महँगो बजेटमा बनाउन लागिएको छ । केही दिनमै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी समेत गरेका छौं ।सौर्य दैनिकमा खबर छ । ’ यस चलचित्रमा अभिनेता अनमोल केसी शीर्ष भूमिकामा देखिने जनाइएको छ । यस्तै, अभिनेता सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारको समेत अभिनय रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा २ नयाँ अभिनेत्री नायिका रहने भट्टले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर