महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च : १२ घरहरु डुवानमा, अझै बस्ती डुब्ने खतरा — OSNepal

महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च : १२ घरहरु डुवानमा, अझै बस्ती डुब्ने खतरा

LC (KTM) June 20, 2021 0

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । उच्च पानीको बहाबले पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध बगाएको छ भने दोधरा–चाँदनी र भीमदत्त नगरपालिकाका बस्तीहरुसमेत डुवानमा परेका छन् । महाकाली नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम जारी रहेकाले बस्तीहरु डुवानमा पर्ने खतरा बढेको बताइएको छ ।

बाढीका कारण भीमदत्त नगरपालिका १२ ऐरीमा झण्डै १२ घरहरु डुवानमा परेका छन् । जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले आज बिहान महाकाली नदीको पानीको बहाव २ लाख १३ हजार क्यूसेक रहेको जनाएको छ ।पानीको बहावसँगै जोगबुढा खोला थुनिँदा दोधरा–चाँदनी नगरपालिकास्थित कुतियाकबर र शान्ति टोलका घरहरु पनि डुवानमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर