महाकाली नदीमा फसेका पाँच जनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी — OSNepal

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी

LC (KTM) October 19, 2021 0

धनगढी- वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बिचमा बनेको टापुमा पाँच जना फसेका छन् ।

कैलालीको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँचजना फसेका हुन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शिद्धराज न्यौपानेले बताए ।

अबिरल वर्षापछि पानीको सतह बढ्दा टापु घेरिएर पाँचजना फसेको प्रहरीले जनाएको छ । उनहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर