महाधिबेशनको चटारोमा एमाले नेता आचार्यलाई भने कोरोना पोजेटिभ देखियो — OSNepal

महाधिबेशनको चटारोमा एमाले नेता आचार्यलाई भने कोरोना पोजेटिभ देखियो

LC (KTM) November 26, 2021 0

एमालेको महाधिबेशनको रौनक तिब्र भईरहेको बेला यता नेता भीम आचार्यलाई भने कोरोना पोजेटिभ देखिएको छ । आज १० औ महाधिबेशनको चितवनमा उद्घाटन भईरहदा आचार्य लाई भने कोरोना संक्रमण भएको हो । उनलाई ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

आचार्यलाई कोरोना संक्रमण भए पछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । चिन्तित बन्नुको कारण भने महाधिवेशनको चटारोले गर्दा रहेको छ । यहि बेला राम्रो संग खटिनुपर्ने नेता नै कोरोना संक्रमणको चपेटामा परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् । आचार्यलाई कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर