महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक — OSNepal

महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

LC (KTM) November 22, 2021 0

काठमाडौं, ६ मंसिर – महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको १०औँ महाधिवेशन १०÷१२ मंसिरमा चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ ।

एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर