महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगे — OSNepal

महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगे

LC (KTM) November 25, 2021 0

चितवन, ९ मंसिर-पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् ।एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर