महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्यो:सचिव भट्टराई — OSNepal

महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्यो:सचिव भट्टराई

LC (KTM) December 06, 2021 0

भरतपुर, १९ मङ्सिर -नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताउनुभएको छ । नेकपा (एमाले) महाधिवेशन प्रचार सहयोग समिति चितवनको आज भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताउनुभयो । जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उहाँले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पार्नुभयो ।

उहाँले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएको भन्दै पूर्वमाओवादीका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएको बताउनुभयो । महाधिवेशनले एमालेको नेतृत्वमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान र एमाले जबरजस्त जनताबीचमा छ भन्ने पुष्टि गरेको उहाँले बताउनुभयो । नेता भट्टराईले चितवनले एमाले महाधिवेशन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको र त्यसलाई सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यबाद दिनुभयो । महाधिवेशनकै कारण चितवनमा आन्तरिक पर्यटनको विकास भएको उहाँको भनाइ छ ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशनमा पार्टीको योजनाअनुरुप प्रचारप्रसारका गतिविधि भएको बताउनुभयो । उहाँले पार्टीले महाधिवेशन लक्षित प्रकाशन गरेको बुलेटिन, भिडियो सामाग्री र सामाजिक सञ्जालको प्रयोग प्रभावकारी बनेको बताउनुभयो । बैठकमा प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले समितिका तर्फबाट भएका कामका बारेमा जानकारी गराउनुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर