महाधिवेशन पछि भ्रष्टाचार, सर्बसत्ताबाद, धर्मपरिबर्तनका बिषयमा आवाज उठाउदै पार्टी आन्दोलित हुन्छ : कमल थापा — OSNepal

महाधिवेशन पछि भ्रष्टाचार, सर्बसत्ताबाद, धर्मपरिबर्तनका बिषयमा आवाज उठाउदै पार्टी आन्दोलित हुन्छ : कमल थापा

LC (KTM) August 03, 2021 0

काठमाडौं १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन पछि आन्दोलनमा उत्रिने बताएका छन् ।

पार्टीको स्थानीय तह निर्बाचन परिचालन समितीको आयोजनामा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अधिवेशन पनि भ्रष्टाचार, सर्बसत्ताबाद, धर्मपरिबर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउदै पार्टी आन्दोलित हुने बताएका हुन् ।

बैठकमा उनले महाधिवेशनको लागि पार्टीको स्थानीय तह गठन,पुनर्गठन र अधिबेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने भन्दै महाधिवेशन ,स्थानिय निकाय निर्बाचन र संसदिय निर्बाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभाबकारी रुपमा परिचालित हुन आग्रह समेत गरेका छन् ।

बैठकमा केन्द्रिय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान ,भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितका सदस्यहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर