महाधिवेशन प्रतिनिधिमध्येनै सर्वाधिक मत ल्याएर बागलुङमा १८ वर्षीया किशोरी प्रदेश प्रतिनिधिमा विजयी — OSNepal

महाधिवेशन प्रतिनिधिमध्येनै सर्वाधिक मत ल्याएर बागलुङमा १८ वर्षीया किशोरी प्रदेश प्रतिनिधिमा विजयी

LC (KTM) November 21, 2021 0

बागलुङ, मंसिर ५ । बागलुङमा १८ वर्षीया किशोरी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन् । उनले महाधिवेशन प्रतिनिधिमध्येनै सर्वाधिक २ सय ८६ मत ल्याएर विजयी भएकी हुन् ।

काठेखोला गाउँपालिका– ५ बिहुँकी १८ वर्षीया नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ९क० बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी हुन् ।

नैदेखि गाउँघरमा राजनीतिक विषयमा भेला, छलफल, कार्यक्रम हुने गरेको र त्यही कार्यक्रमबाट आफू प्रभावित भएर राजनीतिमा लागेको उषाले बताइन् । राजनीतिमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको र मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको पनि उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर