महासचिव नपाए अरू पदमा उम्मेदवारी दिन के गर्लान् एमाले नेता सुरेन्द्र पाण्डेले ? — OSNepal

महासचिव नपाए अरू पदमा उम्मेदवारी दिन के गर्लान् एमाले नेता सुरेन्द्र पाण्डेले ?

LC (KTM) November 25, 2021 0

चितवन, ९ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् ।

१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर