महिलालाई आत्मनिर्भर बनाउन दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग — OSNepal

महिलालाई आत्मनिर्भर बनाउन दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग

LC (KTM) January 02, 2022 0

धादिङ-महिलालाई आत्म निर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले धादिङको सिद्धलेक गाउँपालिकाले दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ ।जिल्लाको सिद्धलेक गाउँपालिका वडा न ४ मा रहेको चक्रकाली आमा समूहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको हो ।

दुना टपरी बनाउने मेसिन सहयोगले आमा समूहलाई आत्मनिर्भर बनाउनुको साथै आयआर्जनमा समेत सघाउ पुग्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको भनाई छ ।

यस किसिमको सहयोगले वनमा खेर गइरहेको पातको प्रयोगबाट दुना–टपरी उत्पादन गरी महिलाहरूलाई उद्यमशील बनाउन सहयोग पुग्ने छ । दिउँसो बस्तुभाउ चराउन जंगल जाँदाको समय व्यवस्थापन गर्न सकिए सजिलै आयआर्जनमा टेवा पुग्ने छ ।

उद्योगबाट उत्पादित दुना टपरीहरू जिल्ला भित्र र जिल्ला बाहिर समेत बजारमा विक्री गर्न सकिने बताइएको छ । महिला सशक्तीकरण र महिला हिंसा रोक्नको लागि महिलाहरूलाई आर्थिकसँग जोड्नुपर्ने भन्दै गाउँपालिकाको आयआर्जन र सिप मूलक कार्यक्रम मध्ये दुना–टपरी एक कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष कमला शर्माका भनाई छ ।

उक्त मेसिनबाट उत्पादन गरिएको दुना–टपरी पूजा, विवाह ,छेवार लगायत ठुला मेला महोत्सव र पर्वमा प्रयोगमा आउनेछ । उत्पादनमा निरन्तरता दिन सके लोभ हुन लागिएको दुना टपरीको संरक्षणमा समेत टेवा पुग्ने स्थानीयको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर