महिलालाई नेतृत्व तहमा पुर्याउनुपर्ने भन्दै एमालेको सचिव पदमा शिबमाया तुम्बाहाङफको उम्मेदवारी घोषणा — OSNepal

महिलालाई नेतृत्व तहमा पुर्याउनुपर्ने भन्दै एमालेको सचिव पदमा शिबमाया तुम्बाहाङफको उम्मेदवारी घोषणा

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा एमालेकी केन्द्रिय सदस्य शिबमाया तुम्बाहाङफले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

महधिवेशनमा सहभागी हुन चिवतन पुगेकी नेत्रृ तुम्बाहाङफेले महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर नहुने भन्दै नेतृत्व तहमा पनि पुर्याउनुपर्ने बताएकी छन् ।

पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने माग गरेकी उनले भनेकी छन् , केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पुर्‍याउनुपर्छ।’

यता एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले भने, ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस भन्नेछ । म सचिवका लागि योग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन् । त्यसकारण म सचिवको उम्मेदवार हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर