महोत्तरीमा भर्‍याङमाथि वाइफाइ चलाउन चढेका १८ वर्षीय सन्दीपको लडेर मृत्यु — OSNepal

महोत्तरीमा भर्‍याङमाथि वाइफाइ चलाउन चढेका १८ वर्षीय सन्दीपको लडेर मृत्यु

LC (KTM) November 26, 2021 0

महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको छ ।

विद्यालयको भ¥याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।गम्भीर घाइते महतोलाई उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा लगिएको त्यहाँ सुधारोन्मुख नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा गए राति उनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा २० लाखको क्षति
जिल्लाको सोनमा गाउँपालिका–२ स्थित एक घर, किराना पसल र धान कुट्ने मिलमा आज बिहान आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिप्रका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी रामएकवाल साहले घरमा आगलागी भएको थियो । आगलागीबाट किराना पसलभित्रका सम्पूर्ण सरसामान सहित मिलमा रहेका सम्पूर्ण अन्न क्षति भएको प्रहरीले जनाएको छ । सो आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर