महोत्तरीमा वनमा लगेर महिलालाई सामूहिक बलात्कारपछि मारेर फरार रहेका २४ वर्षीय विपिन र मनोजलाई घरबाटै समात्यो प्रहरीले — OSNepal

महोत्तरीमा वनमा लगेर महिलालाई सामूहिक बलात्कारपछि मारेर फरार रहेका २४ वर्षीय विपिन र मनोजलाई घरबाटै समात्यो प्रहरीले

LC (KTM) November 19, 2021 0

महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बिहिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् ।

बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन बिग्रिए पछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो । मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर