माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाको सुखद सुरुवात — OSNepal

माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाको सुखद सुरुवात

LC (KTM) December 07, 2021 0

माईजोगमाई अध्यक्ष कप फुटबलमा माई नगरपालिकाले बिजयी सुरुवात गरेको छ । आजको जित संगै माई नगरपालिका सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्धघाटन खेलमा माई नगरपालिकाले घरेलु टोली माईजोगमाई निलो माथि ३–१ गोल अन्तरले जित निकाल्दै बिजयी सुरुवात गरेको हो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको घरेलु टोलीले दोश्रो हाफमा सम्हालिन नसक्दा ३ गोल व्यहोर्न पुग्यो । १२ औ मिनेटमा कप्तान सुदिप थेवेले माईजोगमाईलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको माईको लागि खेलको ३७ औ मिनेटमा हरि मगरले बराबरी गोल फर्काए । ६५ औ मिनेटमा मिलन गुरुङले गोल गरेपछि माईले खेलमा २–१ गोल अन्तरको अग्रता बनायो ।

इन्जुरी समयमा सुजन तामाङले गोल गरेपछि माई ३–१ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । भोली हुने दोश्रो क्वाटरफाइनल खेलमा गाडागल्ली इनोभेटिक झापा र पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबबिच हुँदैछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर